राजनीति

जीबी राईको प्रसंग निकाल्दै गोकुल बास्कोटाको व्यंग्य : दसैँको शुभकामना पनि किस्ताबन्दीमा दिने

नेकपा एमालेका नेता गोकुल बास्कोटाले बडादसैँको शुभकामना दिँदै राजनीतिक विषयमा व्यंग्य गरेका छन्।

उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई एकैपटक शुभकामना दिएको उल्लेख गर्दै शुभकामना पनि किस्ताबन्दीमा दिनुपर्ने हो भनि व्यंग्य गरेका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘बडादसैँको शुभकामना पनि के किस्ताबन्दीमा दिनु भनेर स्वदेश विदेशमा बस्ने जम्मै नेपालीलाई एकै डल्लोमा दिएँ है मैले त।’

उनले आफ्नो अभिव्यक्तिमा जीबी राईको प्रसंगसमेत जोडेका छन्। बास्कोटाले लेखेका छन्, ‘किस्ताबन्दीमा दिन त अरूमाथि बात नलाउने गरी जीबी राईलाई नै ल्याउने भएछन्।’

उनले सबै नेपालीलाई दसैँको शुभकामना दिएका छन्।

प्रकाशित: १ कार्तिक २०८३ ०८:४६ आइतबार