नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले सरकारको हालका कदमप्रति कटाक्ष गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले अव्यवस्थित बस्ती, सुकुम्वासी समस्या र अध्यादेश सम्बन्धी सरकारी कार्यशैलीप्रति व्यंग्य गरेका हुन्।
उनले लेखेका छन्, 'सुकुम्बासीको छोरो बाहेक सबको घरमा डोजर चलाउ सरकार-जनता तिम्रो साथ छ। अव्यवस्थित बस्तीमा आगो लगाउ सरकार-जयगान गाउन जनता तयार छ। अध्यादेशको थुप्रो लाउ-विपक्षीको सातो उडाउ।'
उक्त अभिव्यक्तिको अन्त्यमा उनले 'मेरो माग है हजुर, अरु केही मागिएन' भनी टिप्पणी गर्दै सरकारको नीतिप्रति असन्तुष्टि प्रकट गरेका छन्।
प्रकाशित: २० वैशाख २०८३ १७:३९ आइतबार