राजनीति

गोकुल बाँस्कोटाको प्रश्न : प्रकृति र राजनीतिसँगै बौलाउनु नेपालको नियमित संयोग हो कि... ?

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्राकृतिक विपद् र राजनीतिक घटनाक्रमलाई लिएर टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालमा उनले अबोध प्रकृतिले मान्छेले वर्षौंको सीप, श्रम र पुँजी खर्चेर बनाएका संरचना एकपछि अर्को प्रहार गर्दै खण्डहर बनाएको बताए। साथै उनले बोधयुक्त ठान्ने मान्छेले आगो झोसेर देशै जलाएको टिप्पणी गरे।

उनले लेखेका छन्, ‘अबोध प्रकृतिले मान्छेले वर्षौंको सीप, श्रम र पुँजी खर्चेर बनाएका संरचना एकपछि अर्को प्रहार गर्दै खण्डहर बनायो। तर बोधयुक्त ठान्ने मान्छेले आगो झोसेर देशै जलायो।'

उनले प्रकृति र राजनीतिसँगै बौलाउनु नेपालको नियमित संयोग हो कि भन्दै प्रश्नसमेत गरेका छन्।

प्रकाशित: २६ आश्विन २०८३ ०९:५१ सोमबार