राजनीति

काभ्रे २ बाट गोकुल बास्कोटाको नाम एकल सिफारिस

काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमाले नेता गोकुल बास्कोटाको नाम एकल सिफारिस गरिएको छ।

बास्कोटा २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भइसकेका छन्।

एकल नाम सिफारिस भएकाले यी निर्वाचन क्षेत्रबाट उनी चुनाव लड्ने करिब निश्चित भएको छ। तथापि अन्तिम निर्णय भने पार्टी केन्द्रले गर्ने छ।

प्रकाशित: २१ पुस २०८२ ११:३४ सोमबार