राजनीति

जेन-जी आन्दोलनः नेताहरूले उठाए नेपाली सेनाको भूमिकामा प्रश्न

पुर्वमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले नेपाली सेनाको भूमिका र संख्याको विषयमा पुनरावलोकन हुनु पर्ने बताएका छन् । उनले एक लाखको संख्यामा रहेको नेपाली सेनाको वर्तमान आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटका बेला मौन बस्नुले समेत सेनाको भूमिकाको बहस हुुुनु पर्ने बताएका छन् । 

संविधान दिवसका आवसरमा बुद्धभुमि नगरपाकिलाले गरेको कार्यक्रममा बोल्दै उनले सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवासलागतयका राष्ट्रिय सम्पदा र संरचना ध्वस्त हुँदा समेत सेना टुलुटुलु हरेर मात्र बसेको अरोप लगाए । ‘यत्रो बिध्वंश हुँदा सेनालाई सुरक्षा गर्न कस्ले रोकेको थियो, किन सेनाले त्यस बेला कुनै कदम चालेन यो कुराको बहस हुुन पर्छ’ उनले भने, ‘संकट र बिपदको बेला नै सेनाले केही गर्न सक्दनै भने सेना को के मतलब ।’

जेनजी युवाहरुको आन्दोलनको नाममा घुसपैठ भएको भन्दै आचार्यले आफ्नो रनागई स्थित घरमा सेमत केही युवाहरुको जत्थाले तोडफोर र लुटपाट गरेको घटनाप्रति दुःख व्यक्त गरे । आफू र आफनो दाइ बिष्णुराज आचार्यले कुनै गल्ती र भ्रष्ट्राचार गरेका प्रमाणित भए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको उनको भनाइ थियो ।  

पूर्वमन्त्री आचार्यले अहिलेको स्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले आफनै ज्यान जोखिममा राखेर संविधानको रक्षा गरेको बताए । प्रतिनिधिसभा विघठन गर्दा जेनजी युवाहरुको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने एजेन्डा समेत ओझेलमा परेको उनको दाबी थियो । घसु्पैठ गर्ने समूहको पहिचान गरी कारबाहीको दायरामा ल्याउनु पर्नेमा उनको जोड थियो ।

प्रकाशित: ३ आश्विन २०८२ १९:१३ शुक्रबार