राजनीति

जेन–जी प्रदर्शनः माओवादीको मध्यपहाडी जनजागरण अभियान स्थगित

नेकपा (माओवादी केन्द्र)ले मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जीको प्रदर्शन जारी रहेका बेला माओवादी केन्द्रले आफ्नो अभियान गोरखाबाट स्थगित गरेको हो । 

भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा बसेको उपलब्ध पदाधिकारीको बैठकले अभियान स्थगित गर्दै मंगलबार काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ।  

बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुखद् घटनाले स्तब्ध र गम्भीर बनाएको निष्कर्ष पनि निकालेको छ ।  

त्यसैगरी, जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ।  

माओवादीले प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर युवकहरुको मृत्यु हुनु दुखद् रहेको बताएको छ । 

प्रकाशित: २३ भाद्र २०८२ १५:४६ सोमबार