राजनीति

नवलपुर-१ मा रास्वपाका गौतम निर्वाचित

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) निर्वाचन क्षेत्र नं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतम निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ५० हजार ९४५ मतसहित निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गरे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भागिरथ सापकोटाले नौ हजार १३१ र श्रम संस्कृति पार्टीका भीमचन्द्र गुरुङले एक हजार ७०२ मत पाए।

प्रकाशित: २३ फाल्गुन २०८२ २१:२० शनिबार