नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले गगन थापाले आफूलाई राजनीतिक रूपमा अघि बढाउन भूमिका खेलेका अग्रज तथा गुरुलाई सम्मान गर्न नसकेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानले थापाले विद्यार्थी नेताका रूपमा राजनीति सुरु गरेको स्मरण गर्दै राजनीतिक यात्रामा मार्गदर्शन गर्ने अग्रजप्रति सम्मानको भावना देखाउन नसकेको टिप्पणी गरे।
“गगनले गुरुलाई सम्मान गर्न जानेनन्,” प्रधानले भने, “विद्यार्थी नेताबाट राजनीति सुरु गरे, तर गुरुलाई सम्मान गर्न जानेनन्।”
प्रधानले पार्टीमा नयाँ पुस्ताको नेतृत्व स्थापित हुँदै गर्दा अग्रजको योगदान र मार्गदर्शनलाई बिर्सन नहुने बताए। राजनीतिक यात्रामा आफूलाई अघि बढाउन सहयोग गर्ने अग्रजप्रति सम्मान र कृतज्ञता व्यक्त गर्नु राजनीतिक संस्कार भएको उनको भनाइ थियो।
उनले नेपाली कांग्रेसमा पुस्तान्तरणसँगै अग्रजको योगदानको सम्मान र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
प्रकाशित: २९ श्रावण २०८३ १५:११ शुक्रबार