नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच मंगलबार साँझ भेटवार्ता भएको छ।
कांग्रेस सभापति थापा एमाले अध्यक्ष ओलीसँग संवाद गर्न भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका थिए। दुई शीर्ष नेताबीच करिब एक घण्टा ‘वान-अन-वान’ कुराकानी भएको हो।
भेटवार्तामा पछिल्लो पटक विकसित राष्ट्रिय राजनीति र समसामयिक परिस्थितिबारे विस्तृत छलफल भएको बताइएको छ।
सभापति थापानिकट स्रोतका अनुसार छलफलमा विशेषगरी मधेश प्रदेश सरकारको राजनीतिक समीकरण र पछिल्लो घटनाक्रमबारे कुराकानी भएको थियो।
प्रकाशित: १७ कार्तिक २०८३ २२:३० मंगलबार



