नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँदिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम थियो। आन्तरिक तथा प्राविधिक कारणले रोकिएको हो।
थापा शनिबार भारत जाने तयारीमा थिए। पछि भ्रमणको तालिका परिवर्तन गर्दै आइतबारका लागि सारिएको थियो। तर आइतबार पनि उनी भारत नजाने निर्णयमा पुगेका छन्।
भारतको नयाँदिल्लीमा नेपाली कांग्रेसको जनसम्पर्क समितिले अधिवेशन आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन थापालाई औपचारिक निमन्त्रणा गरिएको थियो । तर अन्तिम समयमा भ्रमण स्थगित गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ।
प्रकाशित: १० श्रावण २०८३ १२:४७ आइतबार