राजनीति

गगन थापाले दिए अमरेशलाई बधाई, मतदातालाई भने : धन्यवाद!

सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता डा. अमरेशकुमार सिंहलाई नेपाली कांग्रेसका सभापति गगन थापाले बधाई तथा शुभकामना दिएका छन्।

थापाले सामाजिक सञ्जालमार्फत सिंहलाई बधाई दिएका हुन्। 'मलाई माया, विश्वास र मतदाताबाट पूर्ण समर्थन प्रदान गर्ने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,' उनले भने।

यस्तै, थापाले यस क्षेत्रमा आफूले देखेका समस्या तथा चुनौतीहरूको समाधान गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। उनले भने, 'यस क्षेत्रमा मैले देखेका समस्या तथा चुनौतीहरूको समाधान गर्न मेरो पहल र क्षमताभित्रका सम्भावित कार्यहरू निरन्तर रूपमा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु।'

प्रकाशित: २४ फाल्गुन २०८२ १०:३० आइतबार