राजनीति

डाक्टरलाई गगनको सुझाव: झोलेलाई बनायो भन्ने आरोप छ, कामबाट उत्तर दिनुस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न पदमा नियुक्ति खाने डाक्टरहरूलाई कामको परिणाम दिएर देखाउन आग्रह गरेका छन्। शुक्रबार कांग्रेसनिकट प्रजातान्त्रिक चिकित्सक संघ(डिडिए)को कार्यक्रमलाई सम्बोधन गर्दै गगनले यस्तो बताएका हुन्। 

‘डिडिएसँग आबद्ध रहेको थुप्रै साथीहरू अहिले जिम्मेवारीमा हुनुहुन्छ। चाहे त्यो चिकित्साको क्षेत्रमा होला, चाहे अस्पतालको नेतृत्वमा होला, चाहे थुप्रै युनिटहरू हेरिराख्नुभएको होला,’ गगनले भने, ‘हामीलाई सबैभन्दा बढी आरोप लाग्ने भनेकै आफ्नो झोलेहरूलाई बनायो।’ 

त्यसलाई आफूले केही नमानेको पनि उनले बताए। ‘त्यसमा केही पनि छैन। त्यो झोलेहरूले काम गरेर देखाइसकेपछि त्यसबाट हामीलाई लागेका आरोपहरू मेटिनुपर्छ,’ गगनले भने। 

कांग्रेसले छानेका मान्छेहरूको कामबाट उत्तर पाउनुपर्ने उनले बताए। गगनले अगाडि भने, ‘त्यसपछि अर्को पटक साथीलाई जिम्मेवारी दिँदा माया प्रेमका आधार होइन, कामको परिणामका आधारमा जिम्मेवारी दिन सक्ने स्थिति निर्माण हुनुपर्छ।’ 

प्रकाशित: १३ भाद्र २०८२ १९:५९ शुक्रबार