नेकपा एमालेका सचिव महेश बस्नेतले पत्रकारहरूले देशभर गरेको विरोध प्रदर्शनप्रति समर्थन जनाएका छन्।
‘सामूहिक गिरफ्तारी गर’ भन्दै पत्रकारहरूले गरेको विरोध कार्यक्रमप्रति आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान हुनुपर्ने बताएका छन्।
बस्नेतले प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको संरक्षण आवश्यक रहेको बताए।
'सामूहिक गिरफ्तारी गर, भन्दै पत्रकारहरूले देश भर गरेको विरोध कार्यक्रम प्रति पूर्ण समर्थन छ। प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान हुनै पर्छ,' उनले भने।
प्रकाशित: ९ मंसिर २०८३ १६:०८ बुधबार



