राजनीति

झापामा चालिस प्रतिशत मत खस्यो

झापाका सबै निर्वाचन क्षेत्रमा दिउँसो एक बजेसम्म समग्रमा ४१ प्रतिशत मत खसेको छ। कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेको झापामा २ लाख ९२ हजार ८५८ मत खसेको छ ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार, झापा क्षेत्र नम्बर ५ मा ४४.४१ प्रतिशत मत खसेको छ। एक लाख ६३ हजार ३७९ मतदाता रहेको झापा ५ मा ७२ हजार ५५४ मत खसेको छ। यस्तै क्षेत्र नम्बर २ मा ४४.७९ प्रतिशत अर्थात् ६६ हजार ७५ मत खसेको छ । यहाँ १ लाख ४७ हजार ५२२ मतदाता छन् ।  

यस्तै १ लाख ३१ हजार ६७ मतदाता रहेको क्षेत्र नम्बर एकमा ४४.०४ प्रतिशत, १ लाख ४० हजार ८५७ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ३९.३२ प्रतिशत र १ लाख ३० हजार ७१२ मतदाता रहेको क्षेत्र नम्बर ४ मा ३१.४७ प्रतिशत मत खसेको छ ।

प्रकाशित: २१ फाल्गुन २०८२ १४:०८ बिहीबार