पूर्वसचिव द्वारिकानाथ ढुंगेलले सरकार सञ्चालनको कार्यशैलीमाथि प्रश्न उठा्उका छन्।
उनले सरकारको कार्यविभाजन र कार्यसम्पादन नियमावली खारेज गरी सबै मन्त्री हटाउन र विभिन्न मन्त्रालयका कार्यक्षेत्र प्रधानमन्त्री कार्यालयअन्तर्गतका महाशाखामा परिणत गर्न सुझाव दिएका हुन्।
सामाजिक सञ्जालमार्फत ढुंगेलले संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रिपरिषद् सञ्चालन हुनुपर्ने र सिंहदरबारको प्रशासन प्रधानमन्त्रीको अनुमतिमा बनेको कार्यविभाजन तथा कार्यसम्पादन नियमावलीअनुसार चल्नुपर्ने बताएका छन्।
‘हामीले संसदीय शासन प्रणाली अपनाएका छौँ र प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको अनुमतिमा बनेको कार्यविभाजन र कार्यसम्पादन नियमावलीअनुसार सिंहदरबार सञ्चालन हुनुपर्ने हो,’ उनले भनेका छन्।
प्रधानमन्त्रीलाई ‘नखोजिएको सुझाव’ भन्दै ढुंगेलले सबै मन्त्री हटाएर मन्त्रालयका कार्यक्षेत्र प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्न प्रस्ताव गरेका छन्।
‘प्रधानमन्त्रीजी, सरकारको कार्यविभाजन र कार्यसम्पादन नियमावली खारेज गरिदिनुहोस्। सबै मन्त्रीहरू हटाइदिनुहोस्। विभिन्न मन्त्रालयका कार्यक्षेत्रलाई प्रधानमन्त्री कार्यालयअन्तर्गतका महाशाखामा परिणत गरिदिनुहोस्,’ उनको सुझाव छ। त्यसैगरी, संसद्प्रति एकल रूपमा प्रधानमन्त्री मात्र जिम्मेवार हुने व्यवस्था गर्न पनि उनले व्यङ्ग्यात्मक सुझाव दिएका छन्।
प्रकाशित: १८ कार्तिक २०८३ १७:२६ बुधबार