राजनीति

पूर्वप्रधानमन्त्री ओली पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरेको छ। यसअघि आजै तत्कालीन गृहमन्त्री रमेश लेखक पनि समातिएका थिए।

नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि यो कदम चालिएको हो। 'जेनजी' प्रदर्शनका क्रममा बल प्रयोग भएको घटनामा आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा सरकारले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको हो।

प्रकाशित: १४ चैत्र २०८२ ०६:२८ शनिबार