पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मतदान गरेका छन्।
भट्टराईले बिहीबार बिहान ९ः१५ बजे गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
उनले निर्धारित समयमै मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्। गोरखाका विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उपस्थिति देखिएको छ।
स्थानीय प्रशासनका अनुसार मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ ११:०१ बिहीबार