राजनीति

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाइँ र सर्वसाधारणलाई टीका प्रदान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्।

यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले छोरी-ज्वाइँलाई टीका प्रदान गरिन्। 

उनले बालुवाटारस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए। रासस

प्रकाशित: ४ कार्तिक २०८३ १७:४८ बुधबार