पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनका पिता मोहनप्रसाद ओलीको निधनप्रति समवेदना दिएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले आइतबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवास पुगेर दिवङ्गत पिता ओलीप्रति श्रद्धाञ्जली दिँदै परिवारमा समवेदना व्यक्त गरेकी हुन्।
अध्यक्ष ओलीका पिता मोहनप्रसादको गत फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको हो।
प्रकाशित: १ चैत्र २०८२ १८:०९ आइतबार