आइतबार बिहान पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा समस्या आएपछि खड्कालाई सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो। आज बिहान अस्पताल भर्ना भएका उनलाई बेड नम्बर १०२९ मा राखिएको बताइएको छ।
जेनजी आन्दोलनको क्रममा खड्काकाे निवासबाट बरामद भएको रकम सम्बन्धी अनुसन्धानका लागि लागि नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले बताएका थिए। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको घरबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरी अनुसन्धान अघि बढाएको थियो।
आइतबार अदालतले खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ।
यसअघि शनिबार पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।
प्रकाशित: १६ चैत्र २०८२ १२:२४ सोमबार