पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण जनधनको अपुरणीय क्षति भएका र असहज परिस्थिति सिर्जना भएकाले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका नलगाउने भएका हुन्।
सचिवालयको सूचनामार्फत यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको जानकारी गराएको हो।
'भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र यही असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुखद निधन र ठूलो जनधनको अपूरणीय क्षति भएको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ पर्व सादगीपूर्वक मनाउने निधो गरेको छु,' सचिवालयले जनाएको छ।
प्रकाशित: ४ कार्तिक २०८३ ०६:५४ बुधबार