राजनीति

पूर्वगृहमन्त्री लेखक पक्राउ, ओलीलाई समात्न घेराबन्दी

पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको छ। 'जेनजी' आन्दोलन दमनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नयाँ सरकारको निर्णयलगत्तै उनलाई नियन्त्रणमा लिइएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनलाई अहिले प्रहरी परिसर भद्रकाली ल्याइँदै छ। सोही प्रकरणमा संलग्नता रहेको भन्दै एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। ओलीलाई नियन्त्रणमा लिन उनको भक्तपुरस्थित गुण्डु निवासमा शनिबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। 

नयाँ गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा प्रमुखहरूसँग छलफल गरेर दोषीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएका हुन्। छानबिन आयोगले ओली र लेखकसहित तत्कालीन सुरक्षा प्रमुखहरूलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

प्रकाशित: १४ चैत्र २०८२ ०६:१८ शनिबार