पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कञ्चनपुरको वेदकोट नगरपालिका-८ स्थित पुर्ख्यौली घरको अवलोकन गरेका छन्।
जेनजी आन्दोलनमा पूर्ण रूपमा ध्वस्त पारिएको घरमा उनी जेनजी आन्दोलनपछि पहिलो पटक पुगेका हुन्। आन्दोलनका बेला लेखकका यो घर, कञ्चनपुरको महेन्द्रनगर बजारमा रहेको घर र काठमाडौंस्थित गरी तीन घर जलाइएको थियो।
काठमाडौं र वेदकोटको यो घर काम नलाग्ने अवस्थामा रहेको छ भने महेन्द्रनगर बजारको घर मर्मतपछि बस्न लायक बनेको छ। त्यही बसेर अहिले लेखक चुनावी प्रचारमा सक्रिय रहेका छन्।
प्रकाशित: १९ माघ २०८२ १२:०८ सोमबार