कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन्। उनी पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेपछि नेपाली कम्युनिस्ट पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।
पार्टीले निष्कासन गरेको पत्रका आधारमा प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गर्दै शर्मा पदमुक्त भएको जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को व्यवस्था अनुसार निर्वाचित भएको दलले निष्कासन गरेपछि उनको पद रिक्त भएको हो।
शर्मा २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट रुकुम पश्चिमबाट निर्वाचित भएका थिए। उनी २०७९ पुसदेखि २०८० चैतसम्म कर्णालीको मुख्यमन्त्री बनेका थिए।
प्रकाशित: १३ फाल्गुन २०८२ २०:५८ बुधबार