राजनीति

पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै शपथ

अन्तरिम सरकारले पुनः मन्त्रिमण्डल विस्तार गर्ने भएको छ। नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई सुशीला कार्की सरकारमा परराष्ट्रमन्त्रीको जिम्मेवारी दिन लागिएको हो।

उनले आज दिउँसो २ बजे मन्त्रीको शपथ लिनेछन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ, जुन अहिले प्रधानमन्त्री आफैं सम्हालिरहेकी छिन्।

फागुन २१ मा निर्वाचन मिति तोकेको सरकारले पटक पटक मन्त्रिपरिषद् विस्तार गर्दै आएको छ। 

प्रकाशित: ११ पुस २०८२ १३:०३ शुक्रबार