राजनीति

जनताको सेवा गर्ने औपचारिक जागीर सुरु भयाे : महावीर पुन

नवनिर्वाचित सांसद महावीर पुनले जनताको लागि सेवा गर्न आजदेखि औपचारिक काम थालेको बताएका छन्। 

संसद भवनमा सांसदकाे रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै उनले पाँच वर्षको लागि सांसद् भएको भन्दै जनताको सेवा गर्ने औपचारिक जागीर सुरु गरेको बताएका हुन्।  

'लौ दाजुभाई दिदिबहिनीहरु, आज मिति २०८२ साल चैत्र महिना १२ गतेको दिउँसो २्:१५ बजे देखि ५ वर्षको लागि पुरा सांसद भईयो र नेपाली जनताको सेवा गर्ने औपचारिक जागीर खान सुरु गरियो।,' उनले भने, 'जनताको सेवा गर्ने अनौपचारिक जागीर खान थालेको ३३ वर्ष भयो।'

प्रकाशित: १२ चैत्र २०८२ १८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App