राजनीति

न्युयोर्कमा भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री खनालको भेट, यी हुन् छलफलका विषय

न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा आज न्युयोर्कमा भएको भेटमा खनालले नेपालमा आएको पछिल्लो बाढीपछि भारत सरकार र जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन्।

भेटमा दुवै विदेशमन्त्रीले आपसी हितका विभिन्न विषयमा छलफल गर्दै नेपाल र भारतबिचको लामो समयदेखिको घनिष्ठ सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका त्यहाँस्थित नेपाली नियोगले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०८३ ०६:५० बुधबार