न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कबिच द्विपक्षीय भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको भेटमा दुवै पक्षले नेपालको शान्ति प्रक्रियाबारे कुराकानी गरेको त्यहाँस्थित स्थायी नियोगले जनाएको छ। उनीहरूले विकास र मानव अधिकारबिचको अन्तरसम्बन्धका साथै नेपालमा तीव्र जलवायु परिवर्तनका कारण परेको विनाशकारी बाढीको प्रभावबारे पनि छलफल गरेका छन्।
भोटेकोशी विपत्तिपछि जारी पुनर्लाभ र पुनर्निर्माणका प्रयासबारे समेत भेटमा छलफल भएको थियो।
प्रकाशित: ११ आश्विन २०८३ ०७:१९ आइतबार