राजनीति

तीन दशकदेखि अधर्मी कम्युनिस्ट शासनले सनातन धर्ममाथि आक्रमण गर्‍यो, अब सहँदैनौं : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कम्युनिस्ट शासनको आलोचना गर्दै सनातन धर्ममाथिको आक्रमण रोक्न चेतावनी दिएका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले एक्समा लेखेका छन्, ‘धार्मिक देश नेपालमा तीन दशकदेखि अधर्मी कम्युनिस्टहरूले शासन गरिरहेको हामी टुलुटुलु हेरिरहेका छौं।सनातन धर्म संस्कृति र परम्परा माथि आक्रमण भइरहेको छ।’ 

उनले थपेका छन्, ‘धर्म परिवर्तनले सामाजिक सद्भाव र एकता खलबलिएको छ।समाजमा अधर्म,व्यभिचार र अनैतिकताले राज गरिरहेको छ। के अब पनि हामीले नचेत्ने हो?’

प्रकाशित: २१ कार्तिक २०८२ १२:३५ शुक्रबार