अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७:३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गेका हुन्।
विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ।
यस्तो छ भ्रमण तालिका:
बिहीबार
-५:००-बजे: भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता।
शुक्रबार
-बिहान ९ बजे: पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी।
-५:०० बजे: भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता।
-७:३० बजे: भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी।
शनिबार
-९:३० बजे: भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी।
-११:३० बजे: दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी।
-साँझ ४ बजे नेपाल फिर्ता।
भ्रमण टोलीका सदस्यहरू:
सहसचिव: अमृत लम्साल-अर्थ मन्त्रालय।
सहसचिव: गेहेन्द्र राजभण्डारी, परराष्ट्र मन्त्रालय।
उप नियोग प्रमुख : डा.सुरेन्द्र थापा, नेपाली राजदूतावास नयाँदिल्ली।
इकोनोमिक्स मिनिस्टर: तारानाथ अधिकारी, नेपाली राजदूतावास नयाँदिल्ली।
उपसचिव: कञ्चन बस्नेत, निजी उपसचिव, अर्थमन्त्री।
प्रकाशित: १ आश्विन २०८३ ०८:०१ बिहीबार



