राजनीति

अर्थमन्त्री भारत जाने, रवि लामिछानेको चीन भ्रमण स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ भने अर्थमन्त्रीसमेत रहेका उपसभापति भारत भ्रमणमा जाने भएका छन् ।  

लामिछानेको भ्रमण स्थगितको औपचारिक जानकारी नगराइए पनि यही महिना हुने भ्रमण स्थगित भएको छ ।  

अर्को भ्रमणको मिति तय भएको छैन । अनुकुल समय मिलाएर भ्रमणमा जाने तयारी लामिछानेको छ ।  

लामिछाने चीन नजाने भए पनि उनीसँग जाने सांसदहरूको टोली भने जाने छ ।  

यता पार्टी उपसभापतिसमेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले भने भारत जाने भएका छन् ।  भारत भ्रमणमा उनको उच्च भेटवार्ता हुने बताइएको छ ।

 

प्रकाशित: ७ भाद्र २०८३ १४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App