राजनीति

अर्थ समितिको बैठक बुधबार बस्ने, अर्थसम्बन्धी विधेयकमाथि छलफल हुने

संघीय संसद् प्रतिनिधि सभाको अर्थ समितिको ३२औँ बैठक बुधबार बस्ने भएको छ।

भोलि बिहान १० बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको समितिको सभाकक्षमा बैठक बस्ने भएको हो।

बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि छलफल हुने समिति सचिवालयले जनाएको छ।

समिति सचिवालयले जारी गरेको सूचनाअनुसार बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ। यस्तै, विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका संशोधनकर्ता सांसदहरूसँग पनि छलफल गरिने समितिले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०८३ ११:१७ मंगलबार