राजनीति

जेनजी आन्दोलनका घाइतेको चैत २० गते अन्तिम वर्गीकरण गरिने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ। 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५, १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण गरिसकेको छ।  

ती दिनमा विभिन्न कारणले उपस्थित हुन नसकी छुट भएका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते शुक्रबार हुने सूचनामा उल्लेख गरिएको छ। 

सो दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंको सभाहलमा उपचार तथा परीक्षणसम्बन्धी कागजात र जेनजी घाइते परिचयपत्रसहित उपस्थित हुन सम्बन्धित घाइतेलाई आग्रह गरिएको छ।  

प्रकाशित: ६ चैत्र २०८२ ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App