राजनीति

घुस प्रकरणमा मुछिए सङ्घीय मामिलामन्त्री गुप्ता, छानबिन गर्दै अख्तियार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएका छन्।

कर्मचारीहरूको सरूवा तथा भूमिसुधार मन्त्रालय अन्त्रगतको मालपोत अधिकृतको सरूवा गराउने विषयमा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सो प्रकरणमा मुछिएका हुन्।  

यो विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ। उनले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी गरिएपछि उनले घुस डिल गरेको अडियो सार्वजनिक भएको हो । उनले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई मुछेका छन्।

तर मन्त्री अधिकारीले यो विषयलाई ठाडै अस्वीकार गर्दै आफूलाई कुनै पनि जानकारी नभएको बताए।

भारतको पारिवारिक काममा रहेका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले यो विषय आफूलाई जानकारी नभएको र मन्त्रीले गुप्ताले के भनेका हुन भन्ने बारेमा आफूलाई थाह नभएको बताए।

‘कसले कसले के भन्छन्, विना आधार किन आरोप लगाउँछन् र यो सामान्य प्रशासन मन्त्रीले के भन्नु भएको हो भन्ने पनि जानकारी छैन,’ मन्त्री अधिकारीले भने।

अख्तियारमा अडियोसहितको उजुरी परेपछि छानबिन सुरु गरिसकेको छ। अख्तियारमा भने असार १० गते नै उजुरी परेको थियो। सो उजुरीको आधारमा अनुसन्धान प्रकृया अघि बढाएको हो।

करिब १० मिनेट लामो अडियो संवादमा मन्त्री गुप्ता एक महिलासहित बिचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनको गरिरहेको सुनिएको छ।

कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिने र यही भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्तिको विषयमा घुस डिल भइरहेको अडियोमा सुनिन्छ।

मालपोत कार्यालय प्रमुखको थमौतीका लागि मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ लिएको उजुरी पर्नुका साथै केही रकम डिल भइरहेको पनि अडियोमा सुनिएको छ।

‘खेम पुनका लागि के । २० बुझाइदिन्छु के । भन्दिनु त बलरामलाई । भन्दिनु त मन्त्रीज्यू’, विचौलियाको आवाज अडियोमा सुनिएको छ।

प्राप्त अडियोमा एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्नका बिचौलियाले २५ लाख घुसको प्रस्ताव गरेको बुझिन्छ।

संवाद भएकै दिन १५ लाख र भोलिपल्ट थप १० दिने अडियोमा सुनिन्छ । 

प्रकाशित: २८ असार २०८२ २०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App