राजनीति

किसान महासङ्घ नेतामुखी होइन, किसानमैत्री हुनुपर्छ: गगन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल किसान महासङ्घको महाधिवेशनबाट चयन हुने नेतृत्व नेतामुखीभन्दा किसानको हितमा केन्द्रिकृत हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल किसान महासङ्घको आज यहाँ आयोजित चौथो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशको कुनै पनि किसानले आफ्नो हितमा काम गर्ने किसान महासङ्घ छ भन्ने महसुस गराउन सक्ने नेतृत्व चयन हुनुपर्ने धारणा राखे।

‘नेपाल किसान महासङ्घले किसानको समस्या र मुद्दाको सही पैरवी गर्न सकोस्, चार अर्ब रुपैयाँभन्दा बढीको आयात गरेर  खान्छौँ, हाम्रो उत्पादकत्व बढाउन किसान महासङ्घले पहल गरोस्’, उनले भने।

उनले किसानका समस्यामा सरकारमाथि निरन्तर दबाब सृजना गर्ने काम नेपाल किसान महासङ्घले गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: १९ भाद्र २०८२ १९:४९ बिहीबार