राजनीति

फागुन २१ को चुनावी धक्का अस्थायी हो: वरिष्ठ नेता भण्डारी

नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन्।

एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीले यस्तो बताएकी हुन्। भण्डारीले अगुवा नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी छन्।  

एघार वर्षपछि पार्टी जीवनको सक्रिय राजनीतिमा फर्कएकी नेता भण्डारीको यो पहिलो ऐतिहासिक सम्बोधन हो। 'भण्डारीले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन', उनले भनिन्। गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा व्यहोर्नुपरेको धक्काबाट कार्यकर्तामा केही निराशा उत्पन्न भएको भए त्यसबाट मुक्त हुन उनले बताइन्।  

उनले भनिन्, 'निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ।'

प्रकाशित: ३ मंसिर २०८३ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App