राजनीति

प्रत्येक नयाँ पुस्ताले संविधानलाई समृद्ध र उन्नत बनाउँदै लैजानुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले असोज ३ गते राष्ट्रिय दिवस र नेपाली जनता सार्वभौमसत्ता सम्पन्न बनेको दिनको रूपमा स्मरण गरेका छन्।

उनले संविधान दिवस आधुनिक नेपाली इतिहासको सबैभन्दा महत्वपूर्ण र युगयुगसम्म सम्झिरहने दिनको रूपमा उल्लेख गर्दै स्मरण गरेका हुन्।

देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजूभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यो ऐतिहासिक दिनका निम्ति आफ्नो अमूल्य ज्यान अर्पण गर्ने सम्पूर्ण अमर शहीदहरूप्रति श्रद्धासुमन र बेपत्ताहरूमा सम्मान प्रकट गरे।

'असो ३ गते! राष्ट्रिय दिवस! संविधान दिवस! नेपाली जनता सार्वभौमसत्तासम्पन्न बनेको दिन! आधुनिक नेपाली इतिहासको सबभन्दा महत्वपूर्ण दिन! युगयुगसम्म सम्झिइने दिन!' नले भनेका छन्, 'देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाज्यूभाइहरूमा हार्दिक बधाई तथा शुभकामना!'

उनले बिपी-पिएलहरूको पहिलो पुस्ताले देशमा आधुनिक लोकतन्त्रको जग खनेको बताउँदै भने, 'हाम्रो दोश्रो पुस्ताले त्यो जगमा संघीय लोकतान्त्रिक गणतन्त्रको मजबुत बहुतले संरचना निर्माण गरेको थियो! अबको तेश्रो नयाँ पुस्ताले त्यो लोकतन्त्रको संरचनामा सुशासन र समृद्धिको सुन्दर साजसज्जा र गजूर हाल्नू छ!'

साथै, उनले लोकतन्त्र एउटा वस्तु वा घटना नभएर एउटा निरन्तर गतिवान् प्रक्रिया भएको बताए। उनले प्रत्येक नयाँ पुस्ताले त्यसलाई समृद्ध र उन्नत बनाउँदै लैजानुपर्ने कुरामा रहन नयाँ पुस्तालाई आग्रह समेत गरे।

प्रकाशित: ३ आश्विन २०८३ ०६:५२ शनिबार