राजनीति

प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रत्येक नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने बताएका छन्।

आइतबार मध्यपुर थिमि नगरपालिकास्थित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमनका क्रममा मुख्यमन्त्री थापा मगरले स्वास्थ्य सेवा प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको बताएका हुन्।उनले नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकार तथा स्वास्थ्य संस्थाहरूको प्रमुख दायित्व रहेको उल्लेख गरे।

मुख्यमन्त्री थापाले अनुगमनका क्रममा अस्पतालमा उपचाररत बिरामीहरूले प्राप्त गरिरहेको सेवाप्रवाहबारे जानकारी लिएका थिए। साथै, अस्पतालको समग्र अवस्था, सेवा प्रवाहमा गर्नुपर्ने सुधार तथा स्वास्थ्य सेवाको विस्तार गर्नुपर्ने विषयमा जानकारी लिनुका साथै सम्बन्धित पक्षलाई आवश्यक निर्देशनसमेत दिएका थिए।

अनुगमनपछि उनले प्रत्येक नागरिकले स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार तथा स्वास्थ्य संस्थाहरू जिम्मेवार हुनुपर्ने बताए।

अस्पतालकाे अनुगमनपछि उनले भने, 'हरेक नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्नु नैसर्गिक अधिकार हो। नागरिकलाई सरल, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु सरकार तथा स्वास्थ्य संस्थाहरूको दायित्व हो। आज नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको आकस्मिक अनुगमन गरी त्यहाँको अवस्था, बिरामीहरूले पाइरहेको सेवा प्रवाह, सुधार गर्नुपर्ने पक्ष तथा सेवा विस्तारका विषयमा जानकारी लिएको छु। साथै, आवश्यक सुधारका लागि केही महत्त्वपूर्ण निर्देशनसमेत दिएको छु।'

प्रकाशित: १५ कार्तिक २०८३ १२:२९ आइतबार