प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढी सम्पूर्ण नेपालीको साझा पीडा भएको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले रसुवा, नुवाकोट, धादिङको मात्र नभई सिङ्गो नेपालको छातीमा बज्रपात गरेको बताए।
भोटेकोशीमा आएको बाढीले क्षणभरमै आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लग्दासमेत बिलौना गर्ने समय नरहेको बताउँदै उनले भने, ‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो। तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन।’
प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यहरू तीव्र पारिएको र पुनर्निर्माणका योजनाका साथ काम गरिरहेको जानकारी दिए।
प्रकाशित: १७ भाद्र २०८३ १३:४४ बुधबार