नेकपा एमालेका नेता गोकुल बास्कोटाले पछिल्लो समय राजनीतिक वृत्तमा पुरुष नेताहरूले नै समावेशिताको मर्म र इज्जत नराखेको बताएका छन्। बास्कोटाले आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेताहरू बारम्बार समानुपातिक कोटामा आउनु औचित्य नरहेको भन्दै यस प्रणालीको विरोध भएको सामाजिक सञ्जालमार्फत बताएका छन्।
नेपाली काङ्ग्रेस र नेकपा एमाले जस्ता ठुला राजनीतिक दललले पनि समानुपातिक र तथा समावेशिता भन्दा दलहरू मिलेर प्रत्यक्ष चुनावमा आउनु पर्ने कुरामा जोड दिएका छन्।
राजनीतिक दलहरू मिलेर चुनाव लड्ने सके एकै व्यक्ति पटक–पटक समानुपातिकमा बस्नु आवश्यक नहुने र यसमा दल तथा नेताहरू व्यवहारिक हुनुपर्ने उनको भनाई छ ।
प्रकाशित: १६ पुस २०८२ ०८:३६ बुधबार