राजनीति

एन्फा कास्कीका अध्यक्ष रन्जित रास्वपामा प्रवेश

कास्की जिल्ला फुटबल सङ्घ (एन्फा कास्की) का अध्यक्ष उज्जवल रन्जित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

पोखरामा आइतबार आयोजित एक विशेष कार्यक्रममा पूर्व शिक्षामन्त्री तथा रास्वपाका सांसद शिशिर खनालले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

खेलकुद क्षेत्रमा सक्रिय रन्जितले देश, खेलकुद र युवाको विकासका लागि रास्वपासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: ४ श्रावण २०८२ १५:४६ आइतबार