राजनीति

श्रम र श्रमिकको सम्मानबिना समृद्धि सम्भव छैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम र श्रमिकको सम्मानबिना समृद्धि सम्भव नरहेको बताएका छन्। श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने बताउँदै उनले श्रमिकको भविष्य सुरक्षित गर्न केही पाइला चालेको सुनाए।  

‘श्रमबिना प्रगति सम्भव छैन र श्रमिकको सम्मानबिना समृद्धि सम्भव छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले हिजो साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपैयाँ बनाउने निर्णय गरेको छ।’

श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने भन्दै उनले यसअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेको र त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेको जानकारी दिए।

प्रकाशित: २ श्रावण २०८२ ०८:२७ शुक्रबार

#kpoli #NagarikNews ##NepaliNews