प्रधानमन्त्री सुशीला कार्कीले सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताएकी छन्।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगको भेटमा उनले आफू एक्लैले भन्दा पनि सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताएकी हुन्।
अध्यक्ष दाहालले आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रधानमन्त्री कार्कीसँग भेटका क्रममा कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका थिए ।
प्रकाशित: ४ चैत्र २०८२ १५:०६ बुधबार