राजनीति

‘फागुन २१ मा चुनाव हुनैपर्छ, अर्को विकल्प छैन’

नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विकल्प नभएको बताएका छन् ।  

बेनीमा भएको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता पोखरेलले संवैधानिक संकट टार्न, जेनजी आन्दोलनको माग, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, स्थायित्व, राष्ट्रियता र स्वाधिनताको रक्षा तथा विगतका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धीको रक्षाका लागि चुनावलाई सफल बनाउन आग्रह गरे ।

‘विगतका उपलब्धीको रक्षा गरेर देशलाई सही बाटोमा डो-याउन कमीकमजोरीको आत्मसमिक्षा, गरेका काम र योजनासहित चुनावबाट अनुमोदित हुने अवसरको सदुपयोग गर्न नेता कार्यकर्ताले चुनावको वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको मुद्दा लिएर जनतामा जान तयार छौँ ।’

प्रकाशित: २२ मंसिर २०८२ १९:१२ सोमबार