सरकारले आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनको एकीकृत सुरक्षा योजना पास गरेको छ ।
सुरक्षा योजना पास गरे लगत्तै मंसिर ९ गते लुम्बिनी प्रदेशमा पहिलो सुरक्षा गोष्ठी गर्ने भएको छ ।
गृहमन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यका अनुसार नेपाली सेना परिचालन गर्न रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषदलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।
गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेको संयोजकत्वमा नेपाली सेनाका एक सहायक रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायव महानिरीक्षक (डिआइजी) तथा राष्ट्रिय अनुसन्धान विभागका निर्देशक तथा उपसचिव रवीन्द्र आचार्य सदस्यसचिव रहेको कार्यददले यो सुरक्षा योजना पास गरेको हो ।
प्रकाशित: ३० कार्तिक २०८२ १८:२९ आइतबार