राजनीति

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोगको आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन पेश गरेका छन्। 

कार्यालयमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त कार्कीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गरेको सो कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: १५ आश्विन २०८३ १६:३१ बिहीबार