नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन्। बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुनःसंवाद थाल्ने बताए।
उनले ११३औँ बिपी जयन्तीका अवसरमा विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय अलग भएका परिवारसँग विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए। सभापति थापाले भने, ‘दुई लाखभन्दा बढी परिवारहरु अहिले हामीसँग अलग हुनुभएको छ। ती अलग भएका परिवारलाई हामीले खोज्नुप¥यो । उहाँहरुसँग संवाद गर्नुप¥यो।’
पार्टीमा २० देखि ८० वर्षसम्मका चार पुस्ता क्रियाशील रहेको उल्लेख गर्दै सभापति थापाले पाका नेताको अनुभव र युवाहरुको ऊर्जाको संयोजनबाट मात्र नतिजा हासिल हुने बताए।
आफ्नो चार वर्षे कार्यकालमा निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेताहरुलाई भड्किलो शैली त्यागेर गाउँ–गाउँमा खटिन निर्देशन दिए । आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको सम्पूर्ण अधिकार तल्लो तहलाई दिइने सभापति थापाले बताए।
प्रकाशित: १० कार्तिक २०८३ १६:४१ मंगलबार