राजनीति

शिक्षामन्त्रीको गुनासोःफेसबुक र युट्युबले पनि चिनेन, दुई–तीन सय भन्दा बढी झरेन

शिक्षा मन्त्री महावीर पुनले आफूलाई फेसबुक र युट्युबले पनि नचिनेको भन्दै गुनासो गरेका छन्। बिहीबार हाँस्यास्पद् शैलीमा फेसबुकमार्फत मन्त्री पुनले यस्तो गुनासो पोखेका हुन्।

‘जागिर खाइएन र व्यापार गरिएन, फेसबुक र युट्युबले पनि पत्याएन,’ मन्त्री पुनले लेखेका छन्।  

आफूले फेसबुकबाट लाखौँ–करोडौँ कमाई हुन्छ भन्ने सुनेर कमाउने व्यवस्था मिलाएको उनले अगाडि लेखेका छन्। ‘म त छक्कै परेँ नि–फेसबुकबाट धेरैले लाखौँ करोडौँ कमाउँछन् भन्ने सुनेर मैले पनि एक जना भाइलाई सहयोग मागेर फेसबुक र अर्को भाइलाई भनेर युट्युबबाट पैसा झार्ने व्यवस्था गरेँ। चार महिना भइसक्यो दुई तीन सयभन्दा पटक्कै झरेन त,’ उनले अगाडि भनेका छन्, ‘यसो नुन, तेल, साबुन र मसलाका साथै केही पकेट खर्च आउँछ कि भनेको ता पटक्कै ढंग आएन।’  

‘यस्तो ढंग नहुने व्यक्तिले खोई कसरी जिन्दगी बिताउँला भनेर म आफै छक्क परेको’ भन्दै मन्त्री पुनले लेखेका छन्।  

प्रकाशित: १८ मंसिर २०८२ १६:५६ बिहीबार