राजनीति

शिक्षामन्त्री महावीर पुन भन्छन् : देश बचाउन युवाको नेतृत्व अपरिहार्य

क्याप्शन

शिक्षामन्त्री महावीर पुनले सिंहदरबार घेरेर भन्दापनि चुनावमार्फत युवापुस्ता नेतृत्वमा आएर परिवर्तन सम्भव हुने बताएका छन्। युवापुस्ता नेतृत्वमा नआउँदासम्म मुलुकको संरचना परिवर्तन नहुने बताउँदै चुनावमा केन्द्रित हुन उनले  सुझाएका छन्। 

‘सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा खै बुझेको,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,  ‘अबको भविष्य उज्ज्वल बनाउन एक मात्र बाटो भनेको फागुन २१ को आम निर्वाचनमा नयाँ पुस्तालाई अघि सार्नु हो।’

उनका अनुसार, यही निर्वाचनमा बुढा–पुराना नेताहरूलाई बिदा गरी युवा नेतृत्वलाई जिम्मेवारी दिने हो भने मात्र देश सही दिशामा अघि बढ्ने छ।

प्रकाशित: १० मंसिर २०८२ ०९:२० बुधबार