राजनीति

आर्थिक विधेयक २०८३ सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाले आर्थिक विधेयक २०८३ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ। 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डिपी अर्यालले आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। प्रस्तावको पक्षमा रहेका सांसदहरूलाई ‘हुन्छ’ र विपक्षमा रहेका सांसदहरूलाई ‘हुन्न’ भन्न आग्रह गरिएको थियो। 

प्रस्तावको विपक्षमा कुनै आवाज नआएपछि सभामुख अर्यालले आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।   

प्रकाशित: ५ असार २०८३ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App